देवरले भाउजु भगाएपछि, दाजुले पनि भगाए बुहारी
काठमाडौं । नाताले भाइ पर्ने (फुपूको छोरा)ले आफ्नी श्रीममति भगाएपछि सप्तरीका एक व्यक्तिले भाईबुहारी भगाएका छन् । यो घटनाले जिल्लामा सनसनी फैलाएको छ । आजको राजधानी दैनिकमा खबर छ–यो घटना हो सप्तरी खड्गपुर गाविस ७ अमैरिया टोलको ।
गाउँमा पटकपटक बसेको पंचायतीबाट समस्या समाधान हुन नसक्दा सोमबार जिल्ला प्रहरी कार्यालयसम्म दुवै पक्षको उजुरी परेपछि यस्तो घटना सार्वजनिक भएको हो । घटना विवरण अनुसार खड्गपुर ७ निवाससी ३५ वर्षीय उमेश राम पाँच वर्ष अघि रोजगारीका लागि मलेसिया गएका थिए । नाताले भाइ पर्ने सप्तरीकै लालापट्टी गाविस ४ चा बस्ने ३० वर्षीय भोलाराम उनीभन्दा दुई वर्ष अघिदेखि मलेसियामा काम गर्दै आएका थिए ।
मलेसियाबाट बेलाबेलामा भोला गाउँ फर्किंदा उमेशले उनैको हातबाट ३० वर्षीय पत्नी तारादेवीलाई रकम पठाउने गरेका थिए । उमेशका अनुसार पाँच वर्षका अवधिमा पटकपटक गरी भोलामार्फत १२ लाख रुपैयाँ पठाएका थिए । रकम पुर्याउन जाँदा आउँदा भोलाको भाउनु तारासँग प्रेम बस्यो । चार सन्तानकी आमा तारा र एक वर्ष अघि मात्र भारतको वीरपुरकी सरितासँग विवाह गरेका भोलाबीच लसपस बढ्दै गएको खबर डढेलोझैं गाउभर फैलियो ।गाउँमा पटकपटक बसेको पंचायतीबाट समस्या समाधान हुन नसक्दा सोमबार जिल्ला प्रहरी कार्यालयसम्म दुवै पक्षको उजुरी परेपछि यस्तो घटना सार्वजनिक भएको हो । घटना विवरण अनुसार खड्गपुर ७ निवाससी ३५ वर्षीय उमेश राम पाँच वर्ष अघि रोजगारीका लागि मलेसिया गएका थिए । नाताले भाइ पर्ने सप्तरीकै लालापट्टी गाविस ४ चा बस्ने ३० वर्षीय भोलाराम उनीभन्दा दुई वर्ष अघिदेखि मलेसियामा काम गर्दै आएका थिए ।

एक दिन यी दुवैलाई चुकुल लगाईघर भित्र बसेको छिमकीले भेटेपछि कुटपिट गरे । त, दुवैको पछि भेट रोकिएन । तीन सन्तालनसहित तारा भोलासित भागिन् । सन्तानसहित भोलाकी अर्की श्रीमती ल्याएपछि उनकी श्रीमति सरिता पनि आगो भइन् । उनको विरोध र आपत्तिमा कुनै सुनुवाई भएन ।
गाउलेले घटनाको जानकारी गराएको जेठी छोरीको विचल्ली बनाएको खबर दिएपछि उमेश मलेसियाबाट फर्किए । श्रीमतीलाई फर्काउन उनले निक्कै मेहनत पनि गरे । तर, सफल भएनन् । यद्यपी तीन सन्तानलाई फिर्ता ल्याउन उनी सफल भए । गाउँमा बसाईका क्रममा हाटबजार निस्कँदा उमेश र सरिताबीच हिमचिम बढ्दै पनि गयो ।
पत्नीबाट धोका पाएका उमेश र पतिबाट धोका पाएकी सरिताबीच प्रेम गहिरिंदै गयो र अन्त्यमा दुवैले भागेर विवाह गरे । तर, बदला पूरा भए पनि यी दुई पक्षबीचको विवाद अन्त्य भएन । आर्थिक लेनदेनकै कराण उजुरी प्रहरीसम्म पुग्यो ।
उमेशले आफूले दुःख गरी पठाएको पैसामा ताराले मोजमस्ती गरेको भन्दै पैसा फिर्ताको माग गरेका छन् । तर,उनले उमेशले पठाएको पैसा ऋण तिर्नमै सकिएको दाबी गर्दै आएकी छिन् ।
