महिला तस्करी बढेपछी विवाह दर्तामा गृहको यस्तो कडाइ
ठमाडौं । वैधानिक विवाहको आवरणमा चीन र कोरियामा महिला तस्करी हुन थालेपछि गृह मन्त्रालयले विवाह दर्ता सम्बन्धी कानुन कसिलो बनाएको छ । नागरिक दैनिकमा समाचार छ ।
विदेशी नेपाली नागरिकबीचका विवाह दर्ताका कागजपत्र सहजै बन्न थालेपछि मन्त्रालयले कसिलो व्यवस्था गरेको हो ।
विदेशी नेपाली नागरिकबीचका विवाह दर्ताका कागजपत्र सहजै बन्न थालेपछि मन्त्रालयले कसिलो व्यवस्था गरेको हो ।

गृहले जुन जिल्लाबाट नागरिकता बनाएको हो, त्यही जिल्लामा मात्रै विवाह दर्ता हुने प्रावधान थपेको छ ।
गृह प्रवक्ता लक्ष्मी ढकालले जुनसुुकै जिल्लामा पनि विवाह दर्ता हुन सक्ने प्रावधानले महिला तस्करीमा संलग्नलाई सहज बनाएको देखिएकाले दर्ता प्रक्रिया संशोधन गरेको जानकारी दिए ।