ईपिएस परीक्षा भदौपछि मात्रै हुने
काठमाडौँ । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत छैटौं कोरियन भाषा परीक्षा भदौपछि मात्रै हुने भएको छ।
निर्देशक समितिको बैठक बसेर परीक्षा सञ्चालन हुने मिति तय गरिने इपिएस शाखाका निर्देशकले जानकारी दिए।
भूकम्पले ल्याएको विपत्तिको कारण देखाउँदै दक्षिण कोरियाको मानव संसाधन विकास एचआरडीले परीक्षा सार्न उपयुक्त हुने बताएका थिए ।
त्यसैले मध्यवर्षा नपर्ने गरी भदौपछि मात्रै परीक्षा सञ्चालन गर्न लागिएको निर्देशकले जानकारी दिए। यसअघि जेठ ३० र ३१ गते भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो।
त्यसका लागि परीक्षार्थीहरुले फारम पनि भरिसकेका छन्। परीक्षाका लागि ५१ हजार ४ सय ९९ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका छन्।