Header Ads

महाभुकम्पले दलहरुलाई ल्यायो २७ बुँदे सहमतिमा, आज दिउसो गएको भूकम्पमा सभासद र मन्त्रिको भागाभाग

काठमाडौं । सधै जसो राजनीतिक खिचातानी गर्ने दलहरुलाई महाभुकम्पले एकै कित्तामा उभ्याएको छ । कम्प प्रभावितहरुलाई राहत र पुनस्थापनाका लागि संविधानसभा भित्र रहेका राजनीतिक दलबीच २७ बुँदे सहमति भएको छ ।

शनिबार बिशान संबिधानसभा भवनमा बसेको सर्वदलिय बैठकले यस्तो सहमति गरेको हो । प्रधानमन्त्रीको अध्यक्षतामा सबै दलका प्रतिनिधि र विज्ञहरु रहेको राष्ट्रिय पुननिर्माण परामर्श समिति बनाउने, पुननिर्माणका कामको अनुगमन गरी सरकारलाई आवश्यक निर्देशन दिन संसदीय समिति गठन गर्ने लगायतका विषय संकल्प प्रस्तावमा समेटिएका छन् ।

सभासद र मन्त्रिको भागाभाग
आज दिउसो करिब ३ बजेर ३३ मिनेट जाँदा गएको भुकम्पमा सभासद र मन्त्रिमा भागदौडनै मच्चिएको थियो । आज संबिधान सभामा भुकम्प पिडितको राहतकालागि सरकारल पेश गरेकोे संकल्प प्रस्तावमाथि छलफल गर्दा भुईचालो आएपछि भागाभाग भएको स्रोतले बताएको छ ।

सिंचाई मन्त्री एन।पि साउद र केहि सभासदहरु भुईचालो आएपछि संबिधानसभा भवन भित्रबाट बाहिर तर्फ कुदेका थिए । तर सभाध्यक्ष सुवास नेम्बाङ लगायत अन्य मन्त्री र सभासदहरु भने यथास्थानमै रहेको जानकारी प्राप्त भएको छ ।
Powered by Blogger.