घरभाडा वृद्धि नगर्न गृह मन्त्रालयको चेतावनी ! वृद्धि गरे कानुनबमोजिम कारबाही हुने
काठमाडौँ, बैशाख २६ । गृह मन्त्रालयले भूकम्पबाट जनधनको क्षति भएको अवस्थामा राजधानीका केही घरधनीले घरभाडा वृद्धि गरेको भन्ने सूचना प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले पीडामा परेका व्यक्ति तथा समुदायलाई सहयोग गर्नुपर्नेमा विषम् परिस्थितिको फाइदा उठाउँदै घरभाडा वृद्धि गर्ने जस्ता कार्य सामाजिक, नैतिक र कानुनी दृष्टिकोणबाट समेत अनुपयुक्त हुने भएकाले त्यस्ता कार्य नगर्न नगराउन आग्रह गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले कोही कसैबाट त्यस प्रकारको कार्य गरेको सूचना प्राप्त भएमा नजिकको सुरक्षा निकाय तथा नेपाल प्रहरीको टेलिफोन नं १००, गृह मन्त्रालयको आपत्कालीन कल सेन्टरको टेलिफोन नं १२३४ र सशस्त्र प्रहरीको टेलिफोन नं १११४ मा सम्पर्क गर्न आग्रह गरे ।
मन्त्रालयले विपत्को समयमा फाइदा उठाइ घरभाडा वृद्धि गर्ने जस्ता कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिएको छ ।