Header Ads

काँग्रेस युवा नेता गगन थापा विश्वकै उत्कृष्टमा छानिए, उहाँलाई बधाई !

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापा अव नेपालमा मात्र नभएर संसारकै उत्कृष्ट युवा नेतामा छानिनुभएको छ। विगत १० बर्षदेखि संसारका युवा नेताहरुको मञ्चको रुपमा विकास हुँदै आएको विश्व आर्थिक मञ्चमा यो बर्ष नेपालबाट राजनीतिक दलका नेताका रुपमा गगन थापा चुनिनुभएको हो।

 सरकारी तथा गैरसरकारी दुबै क्षेत्रबाट चयन हुने यो मञ्चमा दक्षिण एशियाबाट छानिएका १९ मा थापा नेपालबाट पर्नुभएको हो। थापासँगै नेपालबाट चाइल्डरीच नेपालका देशीय निर्देशक छिरिङ लामा पनि युवा नेतामा चयन हुनुभएको छ। थापा र लामा विश्वका २००० जनाबाट छानिनुभएको हो।

 मञ्चमा ११ जना भारतबाट छानिदा १ जना अफगानिस्तानबाट, एक जना श्रीलङकाबाट, २ जना नेपालबाट र ४ जना पाकिस्तानबाट छानिएका छन्। युवा नेताहरुको मञ्चको रुपमा विकास हुँदै आएको विश्व आर्थिक मञ्चमा भारतीय मानव संसोधन मन्त्री स्मृति इरानीदेखि जिएमआरका अध्यक्षसम्म भारतबाट छानिएका छन्।

 पूर्वी एशियाबाट २३ जना, युरोप तथा रसियाबाट ३९ जना, ग्रेटर चाइनाबाट १७ जना, ल्याटीन अमेरिकाबाट १३ जना, मध्यपूर्व र अफ्रिकाबाट १६ जना, सब सहारा अफ्रिका देशबाट १७ जना पनि मञ्चमा छानिएका छन्।

सन् २०१५का लागि ६६ देशबाट छानिएका १८७मा सरकारी र नीजि क्षेत्रबाट बराबर हुनुका साथै महिला आधा रहेका छन्। सकारात्मक शान्तिपूर्ण र समृद्ध समाजका लागि अन्तराष्ट्रिय मुद्धाहरुमा समान धारणा बनाउन मञ्चको प्रयोग हुँदै आएको छ।

यस मञ्चले आउँदो पुस्ताका संसारकै उत्कृष्ट युवा नेताहरुको छनौट गर्दै यस संसारलाई उत्कृष्ट बनाउन सहकार्य गर्दै आएको छ।
Powered by Blogger.