पाँच सयभन्दा धेरै अझै बेपत्ता, उपत्यकामै ७४ जना बेपत्ता

काठमाडौं, वैशाख २७ । भूकम्पमा परी पाँच सयभन्दा धेरै अझै बेपत्ता छन् । हराउनेमा हिमाली क्षेत्रमा ट्रेकिङ गएका स्वदेशी तथा विदेशी पर्यटकको संख्या धेरै छ ।
प्रहरीमा आएको निवेदनअनुसार मात्रै अहिले तीन सय ७४ बेपत्ता छन् । त्यसमध्ये धेरै लाङटाङ क्षेत्रमा हराएको प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले बताए । सबैको सूचना आफूहरूकहाँ नआएको हुनसक्ने भएकाले भूकम्पमा बेपत्ता हुनेहरूको संख्या अझ धेरै रहेको प्रहरी अधिकारी बताउँछन् ।
रसुवाको लाङटाङ क्षेत्रमा मात्र पाँच सयभन्दा धेरै बेपत्ता रहेको स्थानीयले बताएका छन् । रसुवाका प्रहरी प्रमुख एसएसपी प्रवीण पोखरेलका अनुसार लाङटाङ क्षेत्रमा दुई सयभन्दा धेरै विदेशी पर्यटक हराइरहेको स्थानीयले बताएका छन् । भूकम्पपछि आएको हिमपहिरोमा धेरै परेका छन् ।
सो क्षेत्रमा पाँच सयको हाराहारी बेपत्ता भएको हुनसक्ने डिएसपी पोखरेलको भनाइ छ । प्रहरीमा सूचना पुगेकामध्ये ७४ जना उपत्यकामा हराएका छन् । धेरैजसो गोंगबु क्षेत्रमा हराएको भन्दै प्रहरीमा निवेदन आएको छ ।
उपत्यकामा हराएकामध्ये धेरैको अन्तिम मोबाइल लोकेसन गोंगबु क्षेत्रमै देखिएको छ । गोंगबु क्षेत्रमा धेरै गेस्ट हाउस भासिएका र लडेका छन् । तर, भित्री गल्लीहरूमा भएका कारण भग्नावशेष हटाउन सकिएको छैन ।
केहीको शव भत्किएका संरचनाभित्रै हुने अनुमान गरिएको छ, नयाँ पत्रिका दैनिकमा खबर छ ।