Header Ads

राहत बितरण गर्न भट्टराईको गाउँमा विप्लव पुगे यसरी

काठमाडौँ । शनिवार नेकपा माओवादीका महसचिब नेत्रबीक्रम चन्द “विप्लव” एनेकपा माओवादीका बरिष्ट नेता बाबुराम भट्टराईको जन्म थलो गोरखाको खोप्लाङ गाबिसको बेलबास गाउँमा भूकम्प पिडित जनतालाई राहत बितरण गर्न पुगेका छन् ।

 राहत बितरणका क्रममा जनतासंग भालाकुशारी गर्दै विप्लवले भने “जनयूद्धको क्रममा यो गाउँले ठूलो योगदान दिएको छ, यो महान गाउँबासीहारुलाई सानो भए पनि सहायोग लिएर आउँन पाउँदा खुशि लागेको छ ।”

 शुक्रबार सो पार्टी र एक चिनियाँ नागरिकले संयुक्त रुपमा स्थानीय राहत वितरण समिति मार्फत बारपाकलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । सोहि क्रममा स्थनिय जनताले पूर्व प्रधानमन्त्रि समेत रहिसकेका भट्टराई तिर इंगित गर्दै उनिहरुले जिताएर पठाएका नेता महा विपत्ति जस्तो समयमा पनि नआएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

 महासचिब विप्लवले अस्थायी आवाशका निम्ति घर टहरा पनि बनाउन सघाउने र तत्कालिन राहतमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विनासकारी भूकम्पपछी आफ्ना कार्यकर्ता संगै विप्लव बढी प्रभावित गउँबष्तिमै गएर राहत वितरण लगायतका कर्यमा जुटे पनी अरु शिर्श नेता भने कोहीपनी नआएको स्थानिय जनताले गुनासो गरेका छन् ।

 राहतस्वरुप बेलवाश बाशीहरुलाई माओवादीले १०६ बोरा चामल, एक बोरा चाउचाउ, एक बोरा चिउरा, ३५ थान कम्बल, छ थान त्रिपाल र छ बाकस औषधि बितरण गरेको जानाईको छ ।-साझासबाल डट कम बाट 
Powered by Blogger.