Header Ads

मिति: वि.सं.२०७२ साल वैशाख २७ गते। आईतबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?

आज मिति 2015-05-10 तारिख, उत्तरायण। वसन्त ऋतु। ज्येष्ठ कृष्णपक्ष। षष्ठी तिथि, वैशाख २७ गते । आईतबार। अनुसार तपाईंको राशी यस प्रकार छ !

मेष (चू चे चो ला ली लु ले लो अ)

आफूलाई परिवर्तित गर्ने मौका छ । शुभ कार्यको थालनी गरे राम्रो होला । सुझ(बुझमा गरेको कामको नतिजा असाध्यै सकारात्मक हुनेछ । अरुको लागि केही गर्ने सोच जाग्ने छ । आर्थिक भार भने अरु बढ्ने छ । साहसिक कार्यमा तपार्इको सहभागिता रहला ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

समय सकारात्मक भएर आएको छ । केही गर्ने जोस जाँगर पलाउने छ । मानवताको लागि दान(धर्ममा लागिने छ । गुमेको धन हात पर्ला । रोजगारीका अवसर आउने छन् । परिवार, आफन्तको प्रिय बनिने छ । सामाजिक कार्यमा लाग्ने बेला आएको छ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

बिचार शुन्यताको कारण महत्वपूर्ण अवसर गुमाइने छ । बन्न लागेको कामबीचमै रोक्किने भय रहेको छ । अनेक तरहका विवादमा अल्झनाले सोचेको काम प्रभावित हुनेछ । आर्थिक कार्यमा पनि खासै प्रगति नहोला । बैदेशिक कार्य भने सफल होला ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

भनाइ र गराइको कारण विवादित भइने छ । आत्मियजन गुमाउँदाको पीडाले सताउने छ । पढाइ लेखाइमा पनि खासै मन नलाग्ला । बिद्या बुद्धिको सहि प्रयोग हुन नसक्दा सोचेको काम बिग्रने भय छ । कामको जस नपाउने या व्यर्थको भागदौड होला ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

अरुको भलाइका लागि व्यक्तिगत घाटा बेहोरिएला । सम्मान प्रतिष्ठा बढ्ने छ । हित–चिन्तक बढ्लान् । ब्यापार सोचे जस्तो नभए पनि घाटा भने नहोला । आफ्नो स्थितिलाई नहेरी गरेको काम दीर्घकालिन नहुने देखिको छ । मानसिक रुपमा भने सवल भइने छ ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

समय मध्यम फली रहेको छ । दिनको पूर्वार्धमा केही आर्थिक लाभ हुनेछ । सामाजिक कार्यमा पनि केही हदसम्म सफल नै रहिने छ । बाधा व्यवधान चिर्न सफल भइने छ । तर दिनको उत्तरार्धबाट भने ब्यर्थका झमेला र आर्थिक व्यय हुने देखिको छ ।

तुला (र री रु रे रो ता ती तू ते)

थोरै भएपनि धार्मिक कार्यमा लागिने छ । दुःख, दर्दमा सबैबाट सकारात्मक सहयोग पाइने छ । विवादित कुराको छिनोफानो हुने छ । गुमेको धन केही हदसम्म पाइने छ । लेनदेनको कुरामा भने सामान्य असमझदारी आउने ग्रह योग रहेको छ ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)

आय भन्दा व्यय भार बढ्ने देखिएको छ । ब्यर्थका कुरामा भागदौड हुनेछ । सामाजिक कार्यमा गरेको लगानी डुब्ने बेला छ, सोचेर काम गर्नु होला । ठूलो रिक्समा काम नगरेकै बेश हुनेछ । अपरिचितको सहयोग सदभाव पाइने छ । शिक्षामा लगानी होला ।

धनु (य यो भा भी भू ध फा ढ भे)

आफूमा भएका कमि सुधारेर अघि बढ्नु हितकर होला, समय केही प्रतिकूल रहेको छ । साथी, संगी टाढिएलान् । काम गर्ने जाँगर मरेर आउला । नगरेको काममा आलोचित भइएला । ब्यापारबाट असन्तुष्ट भइने छ । भूमिको कारोवारबाट लाभ हुनेछ ।

मकर (जो जा जी खी खू खे खो गा गी)

आत्मबल बढ्ने छ । समाजमा केही गर्ने संकल्प गरिने छ । साहित्य कला क्षेत्रमा गरेको कामको उच्च मूल्यांकन हुनेछ । बिवादबाट मुक्ति पाइने छ । मुद्दा मामिलामा बिपक्षी उपर बिजयी भइने छ । नयाँ सोचेको कारण काम गर्ने शक्ति बढ्नेछ ।

कुम्भ (गू गे गो सा सी सु से सो द)

दिनको पूर्वार्ध केही कमजोर रहला । शरीरमा आलस्यता आउने एवम् घाउ चोटको भय रहला । आर्थिक कुराले चिन्तित भइने छ । ब्यापार घाटा सहनु पर्ला । तर दिनको मध्यबाट शुभ समाचार सुन्न पाइने छ । आयका अवसर पनि पाइने छन् ।

मीन (दि दू थ भ ञ दे दो चा ची)

आलोचकहरु बढ्ने छन् । आर्थिक अपार्दर्सिताको कारण संचित धन नासिएला । अपरिपक्व निर्णयका कारण अन्त्यमा पछुताउनु पर्ला । जागीरमा पदअवन्नती हुने योग छ । स्थानान्तर योग रहेको छ । विवादित कुराले मानसिक चिन्ता बढाउला ।
© Copyright : baralguru, All Rights Reserved.
(मिति २०७२ साल बैशाख २७ गते आईतबार,को आजको राशिफल भिडियोमा पनि हेर्नुहोस्)
Powered by Blogger.