Header Ads

युबतीलाई मार्ने चार पुरुषलाई मृत्युदण्ड ...

काबुल । केही समयअघि अफगानिस्तानमा मुस्लिमहरुको पवित्र धार्मिक ग्रन्थ कुरान जलाएको झुठो आरोपमा एक युबतीलाई कुटपिट गरेर मारेको आरोपमा ४ जना अफगान पुरुषलाई बुधबार एक अदालतले मृत्युदण्ड सुनाएको छ ।

 प्रत्यक्षदर्शीको विरोधको बाबजुद पपिन २८ वर्षीया युबती फखुन्दा माथि उक्त आरोपमा सामुहिक कुटपिट गरिएको थियो ।

धेरै दिनसम्म चलेको यो मुद्दाको सुनुवाइको क्रममा अन्य ८ जनालाई १६ वर्ष कैद तथा बाँकी १८ जनालाई सफाइ दिइएको छ ।

उक्त घटनाको कारण अफगानस्तानमा महिलामाथि हुने दुव्र्यवहारलाई लिएर व्यापक विरोध प्रदर्शन भएको थियो ।

 सो घटना घटेको बेला मुकदर्शक बनेको आरोप लागेका १९ जना प्रहरीविरुद्व मुद्दाको सुनुवाइ आइतबार हुने भएको समाचार आजको समाचार पत्र दैनिकमा छ ।
Powered by Blogger.