Header Ads

गोरखाका भीरपाखामा मानिसका शव अलपत्र : भिडियो सहित

काठमाडौं, वैशाख २६ । ‘उ त्यो भीरको पहिरोमा एकजना मान्छे मरेको छ, कसैले निकाल्न सकेन’ औंला सोझ्याउँदै कमला तामाङले पहिरो देखाइन र भनिन् ‘घाँस काट्न गएका र गाउँमा पाहुना आएका मान्छे हराएका छन्।’

गोरखाको सिम्जुङ गाविस मन्सुलीको भीरमा पहिरोमा पुरिएका मान्छेको शव अझै निकालिएको छैन। बैशाख १२ गतेको विनासकारी महाभूकम्पले गोरखा बारपाक आसपासका आधा दर्जनबढी गाविसका भीरपाखामा अनगिन्ति ठूलासाना पहिरो खसेका छन्। ति पहिरोहरुमा परेका कम्तिमा पाँचजना मानिसहरु बेपत्ता छन्।

बारपाक अपरेटिङ बेस क्याम्पका प्रमुख सेनानी सुनिल सिंह राठौरले मान्द्रे गाउँ तलको ठाडो भीरमा दुई आमाछोरी ढुङ्गे पहिरोमा पुरिएका बताए। ‘डोजर नहुँदा शव निकाल्न सकिएको छैन,’ नागरिकसँग उनले भने ‘घरमा पुरिएका शवहरु सबै निकालियो अब पहिरोमा परेका शव निकाल्न बाँकी छ।’ उनले ठूला चट्टानहरु फुटेर खसेका पहिरोमा परेका मानिसको शव निकाल्न मुस्किल हुने बताए। घ्याच्चोक गाविसको बाँसबोट गाउँकी करिव ३५ वर्षीया एक महिलालाई पहिरोले बगाएर बेपत्ता छिन्।

 स्थानीय भगवती प्रावीका प्रधानाध्यापक डिल्लीराम आचार्यले महिलाको शव कुहिएको हुनसक्ने बताए। ‘अब त शव पनि भेटिन्छ जस्तो लाग्दैन,’ उनले भने।
Powered by Blogger.