Header Ads

आज बिहानै भूकम्पको दुई धक्का महसुस

काठमाडौं, बैशाख २९ । आज बिहान २ बजेर ८ मिनेट जाँदा गोरखा र धादिङ केन्द्र भएर ४.१ रेक्टर स्केल भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 त्यस्तै बिहान १२ बजेर ७ मिनेट जाँदा धादिङ केन्द्र भएर ४ रेक्टरको अर्को भूकम्प पनि गएको छ ।

गत वैशाख १२ गतेदेखि हालसम्म चार रिक्टरभन्दा माथिका १६३ भूकम्पको धक्का महसुस गरिएको यसबाट डराउनुपर्ने अवस्था नरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन ।
Powered by Blogger.