Header Ads

परपुरुषसँग लागेको भन्दै मोसो दलेर सडकमा घुमाईयो

दाङ, वैशाख २९ । देउखुरी उपत्यकाको सतवरिया २ वनघुस्रीकी एक महिलालाई गाउँकै महिलाले कानुन हातमा लिएर मोसो दली सामाजिक बहिष्कार गरेका छन्।

 मोसो दली सामाजिक बहिष्कार गर्ने काममा संलग्न ६ जना महिलालाई प्रहरीले पहिचान गरी चारजनालाई पक्राउ गरेको छ।

महिलालाई मोसो दली सामाजिक बहिष्कार गर्ने काममा संलग्न सतवरिया-२ वनघुस्रीकी सीतारामी चौधरी, पानमति चौधरी, हिरामती चौधरी र जानकी चौधरीलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मणबहादुर शाहीले बताए। घटनामा संलग्न मुख्य ६ जनामध्ये २ जना महिला फरार छन् ।

 बाँकी २ जना महिलालाई पनि नियन्त्रणमा लिएर सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी भइरहेको प्रमुख शाहीले जानकारी दिए।

उक्त गाउँकी ती महिलालाई सोमवार दिउँसो महिलाहरुकै हुलले कपाल मुण्डन गर्नुका साथै मोसो दली जुत्ताको माला लगाएर लखेटेको थियो।

ती महिला भित्री वस्त्रमा मात्रै लेखेटिँदासमेत वनघुस्री गाउँ पूरै मुकदर्शक बनेको थियो। महिला हिंसा न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट व्यापक प्रयास भइरहँदा पनि सोमवार चौधरी थरकी ती महिलामाथि यस्तो अमानवीय व्यवहार गरिएको थियो । आजको अन्नपुर्ण पोष्टले समाचार लेखेको छ ।
Powered by Blogger.