Header Ads

धन्न बच्यो अन्तर्राष्ट्रिय विमानस्थल ! फोटो फिचर सहित

काठमाडौं, वैशाख २९ । वैशाख १२ गते देशमा विनाशकारी महाभूकम्प गयो । विसं १९९० सालमा आएको भूकम्पभन्दा यसपटक आएको भूकम्पले ठूलो जनधनको क्षति पुर्यायो । भूकम्पबाट अहिलेसम्म आठ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । १९ हजारभन्दा बढी घाइते भएका छन् ।
 २० लाख मानिस बरबार विहीन बनेका छन् । भूकम्पको कारणले राजधानीमा पनि ठूलो क्षति पुर्यायो । भूकम्पबाट पुरातात्विक महत्व बोकेको धरहरा ढल्यो । विमानस्थलसँग रहेको कौशलटारमा जमिन फाटेको छ । राजधानीमा ठूलो क्षति पुर्याएपनि अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षित रह्यो ।

विमान सकुशल रहेकै कारण अन्तर्राष्ट्रिय आवात–जावात सुचारु रह्यो । विमानस्थल कुनै क्षति नभएको कारण विभिन्न देशका उद्धारकर्मी र चिकित्सकहरु उद्धार र घाइतेहरुको उपचारमा सहजरुपमा नेपाल आउन सके । विमानस्थलको धावनमार्गमा बेला बेलामा समस्या देखिने गरेपनि भूकम्पबाट कुनै पनि क्षति नभएको कारण मुलुकदे ठूलो राहत महसुस गर्यो ।
तर, सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १ घण्टा अवरुद्ध भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । भूकम्पपछि राहत सामग्री लिएर आएका ठूला कार्गो जहाजको चापका कारण विमानस्थलको धावनमार्गको पिच उप्किएको हो ।

अल्फा–डेल्टा रनवे र ट्याक्सी रनवेबीचको पिच उप्किएको बताइएको छ । पिच मर्मतपछि विमानस्थल सुचारु गरिएको बताइएको छ । आजको समाचारपत्र दैनिकमा खबर छ ।
Powered by Blogger.