Header Ads

म यस्तो प्रेमी खोज्दै छु - पेरिस हिल्टन

एजेन्सी । चर्चित हलिउड नायिका, मोडल तथा टेलिभिजन स्टार पेरिस हिल्टनले आफू आजसम्म एक्लो नबसेको बताएकी छिन् । उनले आफूले अब सामान्य यूवालाई प्रेमी बनाउन चाहेको बताएकी छिन् ।

गतबर्ष मोडल रिवर बीपेरीसँग सम्बन्ध टुटेपछि उनले आफू एक्लो भएको र अहिले डेटमा रमाउने मौका नभएको बताइन् । उनले भनिन्-‘म आजसम्म कहिलेपनि सिंगल थिइन ।

तर, अब म सिंगल छु र मलाई यो मनपर्छ ।’ उनले आफूले चर्चित सेलिब्रेटीसँग डेट गरेको बताउँदै भनिन्-‘अब मलाई यो मनपर्दैन, किनकी उनीहरुलाई भरोसा गर्न सकिदैन ।’

उनले अब आफू एक सामान्य र असल यूवासँग जिवन बिताउन चाहेको खुलाइन् । उनले आफूले एकदिन बिहे गर्ने र सन्तान जन्माउने पनि बताइन् ।
Powered by Blogger.