गर्भवती, सुत्केरीलाई अभिनेत्री मनिषाले सहयोग गर्ने
काठमाडौं । बलिउड स्टारहरुले नेपालमा गएको महाभूकम्पमा सहयोग गरिरहेका बेला अभिनेत्री मनिषा कोइरालाले पनि महाभूकम्पमा विस्थापित भएका गर्भवती, सुत्केरी र तिनका शिशुहरुलाई सहयोग गर्ने तयारीमा जुटेकीछन् ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) नेपालकी सद्भावना दूत मनिषाले भूकम्पबाट विस्थापित गर्भवती महिला, सुत्केरी र तिनका शिशुहरूलाई सघाउने भएकी हुन् ।
युएनएफपीएका अनुसार यो विपत्तिले २० लाखभन्दा बढी प्रजनन उमेरका महिला प्रभावित भएका छन् । तीमध्ये धेरै अनिच्छित गर्भधारणको जोखिममा छन् ।
त्यसअतिरिक्त, करिब एक लाख २६ हजार महिला गर्भवती छन् । ती महिलालाई सुरक्षित सुत्केरी गराई जन्मेका शिशुको हेरचाह गर्न सक्षम बनाउन जरुरी रहेको युनएफिएले जनाएको छ ।
शिविर र अन्यत्र रहेका महिला तथा बालिकालाई बलात्कारलगायत लैंगिक हिंसाबाट जोगाउनु पनि जरुरी रहेको युनएफिएले जनाएको छ । -न्यूज अभियान बाट