Header Ads

आज बिहान पनि ४ दशमलव ४ म्याग्निच्युटको भुकम्प

काठमाडौ, बैशाख २७ । आज बिहान पनि ४ दशमलव ४ म्याग्निच्युटको भुकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ६ बजेर ३४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भुकम्पको पराकम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसअघि गएराति १ बजेर ५० मिनेटमा पनि सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर ४ दशमलव २ म्याग्निच्युटको भुकम्पको कम्पन गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार महाभुकम्पपछि १ सय ५५ वटा पराकम्पन गएको छ ।

पराकम्पनका कारण ठुलो भुकम्प आउने खतरा पनि टर्दै जाने केन्द्रले जनाएको छ । यसैबीच भूकम्पमा परी मृत्यु हुनेको संख्या झण्डै आठ हजार पुग्न लागेको नेपाल प्रहरीले जनाएको छ ।

 सरकारले आज पनि भूकम्प पीडितका लागि राहत वितरणको काम जारी राख्ने भएको छ ।
Powered by Blogger.