Header Ads

मोदीले बोलाए आकश्मिक बैठक, नेपालका लागि विशेष निर्देशन

काठमाडौं । गत १२ बैशाखमा नेपालमा भएको भूकम्पका क्रममा उद्दार र राहतका क्रममा आलोचित बनेको भारतीय रबैया र मिडियाका कारण केही हद सम्म निराश बनेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को शक्तिशाली भूकम्पपछि पनि उद्दार कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

 नेपालको दोश्रो ठूलो भूकम्पको क्षतिबारे समीक्षा गर्न प्रधानमन्त्री मोदीले उच्चस्तरीय बैठक बोलाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्रीको ट्वीटरमा समेत यसबारे जानकारी दिइएको छ । नेपाल र भारतीय क्षेत्रमा भूकम्प प्रभावितको उद्दार र राहतलाई प्रभावकारी बनाउन मोदीले निर्देशन दिएका छन् ।

 उता अर्को छिमेकी चीनले पनि उद्दार टोलीलाई प्रभावकारी बनाउँदै उद्दार र राहतका लागि आवश्यक पर्ने सामग्रीको परिणाम वृद्धी गरे नेपालतर्फ पठाएको छ । Modi-PMO-Twitt
Powered by Blogger.