Header Ads

जेठ १७ भित्र सबै विदेशी सैनिक आ-आफ्नो देश फर्किसक्ने

काठमाडौ, वैशाख २९ । भूकम्पपछि घाइतेको उपचार तथा उद्धारका लागि आएका विभिन्न १८ देशका सैनिक जेठ १७ गतेभित्र आ-आफ्नो देश फर्किसक्ने जनाउँदै नेपाली सेनाले अब उद्धारका लागि थप विदेशी सैनिक नेपाल नआउने बताएको छ ।

हालसम्म उपचार र उद्धारका लागि नेपाल आएका मध्ये ६ देशका सेना स्वदेश फर्किसकेका छन् । नेपाली सेनाका अनुसार ५ देशका सेनाले पूर्ण रुपमा फर्किने मिति सेनालाई जानकारी गराइसकेका छन् भने बाँकी सात देशका सेनाले पूर्णरुपमा फर्किने मिति तोकेका छैनन् तर उनीहरुले मे अन्तिम अर्थात जेठ १७ सम्म फर्किने जनाउ दिएको नेपाली सेनाले जनाएको छ ।

वैशाख १२ को भूकम्पले ठूलो धनजनको क्षति गरेपछि घाइतेको उपचार तथा उद्धारका लागि १८ देशका कूल ४ हजार एक सय ७५ सेना नेपाल भित्रिएका थिए । घायतेको उपचार तथा उद्धार कार्य लगभग सकिएको भन्दै सरकारले गतसाता सहयोगका लागि धन्यवाद दिँदै विदेशी सैनिकलाई स्वदेश फर्किन आग्रह गरेको थियो ।

त्यसको भोलिपल्ट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले काठमाडौमा रहेका विदेशी नियोग प्रमुखलाई बोलाएर आफ्ना देशका सैनिक फिर्ता गर्न आग्रह गरेका थिए । उद्धार कार्य लगभग सकिए पनि पूर्ण सैनिक स्वदेश फर्किने मिति नतोक्नेमा भारत, इण्डोनेशिया, क्यानडा, जापान, अमेरिका, बेलायत र चीन छन् । आजको नागरिक दैनिकमा खबर छ ।
Powered by Blogger.