Header Ads

राती फेरि दुईपटक भूकम्प

काठमाडौं । मंगलबार राति २ पटक भूकम्पका धक्का गएका छन् । राती २.१० मा काठमाडौं केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ।

त्यसैगरी राती ३.१० मा भरतपुर केन्द्र भएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको छ। वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि काठमाडौंलाई केन्द्र बनाएर पहिलोपटक भूकम्प गएको हो ।

मंगलबार दिउँसो गएको ठूलो भूकम्पको केन्द्र दोलखाको सुनखानी थियो ।

मंगलबार दिउँसो १२ बजेर ५६ मिनेटमा ७.३ म्याग्निच्यूटको भूकम्प गएको थियो । त्यसपछि मात्र दर्जन बढी धक्का गइसकेका छन् ।
Powered by Blogger.