उद्धारमा गएको अमेरिकी सेनाको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौं, वैशाख ३० । उद्धारका लागि दोलखातर्फ उडेको अमेरिकी सेनाको मरिन हेलिकप्टर यूएच-वान-वाई-होयु मंगलबार अपराहन्नदेखि सम्पर्कविहीन भएको छ ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, भीई जिरो वान कल साइन भएको यो हेलिकप्टर बिहान ९ बजेर १७ मिनेटमा काठमाडौंबाट उडेको थियो भने ११ बजेर ३७ मिनेटमा काठमाडौं फर्किएको थियो । तर पछि कति बज्यो उड्योबारे विमानस्थललाई थाहा नै छैन ।
विमानस्थल उच्च स्रोतका अनुसार, दिउँसो २ बजे उक्त हेलिकप्टरले चरिकोटबाट ‘सर्किटु रिपोर्ट गरेको छ । त्यसपछि यो विमान सम्पर्कमा आएको छैन । ‘भूइँचालो गएपछि यो विमान कतै उड्यो त्यतिबेला हामी रनवे बन्द गरेर टावर खाली गरी त्रासले मैदानमा ओर्लिएका थियौं,’ स्रोत भन्छ, ‘त्यसबेला यो उडेको हुनुपर्छ ।
हामी त्यतीेबेला टावरमा थिएनौं ।’ कामु महाप्रवन्धक वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार, १२ बजेर ५६ मिनेटमा भूइँचालो आएपछि रनवे बन्द गरिएको थियो र २ बजेर ५५ मिनेटमा खुला गरिएको थियो । यसैबीच नेपाली सेनाले सैनिक हेलिकप्टरको संयोजन गर्ने भएकाले यसबारे जानकारी नै नआएको श्रेष्ठले बताए ।
कान्तिपुर दैनिकमा खबर छ । नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले अमेरिकी सेनाको हेलिकप्टर दिउँसो ३ बजेर २५ मिनेटदेखि सम्पर्कविहीन भएको पुष्टि गरे ।