दैवीप्रकोप उद्धार कोषमा बल्ल सवा अर्ब रुपैयाँ रकम जम्मा
काठमाडौं । भूकम्प गएको १७ औं दिन सबैभन्दा बढी करिब ४० करोड रुपैयाँ रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ ।
यससँगै कोषमा बल्ल सवा अर्ब रुपैयाँ रकम जम्मा हुन पुगेको हो । सोमबारसम्म १ अर्ब ३६ करोड ७५ लाख २३ हजार रुपैयाँ जम्मा भएको छ ।
सोमबार चेकमात्रै प्राप्त भएको आधारमा भने झन्डै पौने दुई अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत जनाएअनुसार एसियाली विकास बैंकको करिब ३० करोड, सूर्य नेपालको १० करोड, एभरेस्ट बैंकको ५० लाख र सिल्भर हेरिटेडको २२ लाख रुपैयाँको चेक प्राप्त छ ।
यी निकायको रकम जम्मा भने हुन बाँकी छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।