Header Ads

सेनाको समानान्तर ब्रिफिङ, सरकारमा असहजपन

काठमाडौं, वैशाख २९ । प्रधानसेनापति गौरवशमशेर राणाले नेपालस्थित दातृराष्ट्रका राजदूत तथा प्रतिनिधिहरूलाई भूकम्पपछिको उद्धार र राहतका सम्बन्धमा गरेको ब्रिफिङबारे सरकारमा असहजपन देखा परेको छ। उच्च अधिकारीहरूले यसलाई प्रचलनबाहिरको अभ्यासका रूपमा लिएका छन्।

 मुख्यसचिव लीलामणि पौडेलले ब्रिफिङबारे भने, ‘परराष्ट्रले ब्रिफिङ गरिसकेको अवस्थामा सेनाले ब्रिफिङगर्नु राम्रो होइन र प्रचलनमा पनि छैन।’ तर यस्तो ब्रिफिङबारे आफूलाई आधिकारिक जानकारी नभएको पनि उनले बताए।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले सेनापतिको ब्रिफिङसरकारसँगको संयोजनमा भएनभएकोबारे थाहा नभएको बताए। परराष्ट्र मन्त्रालयले ब्रिफिङ गरिसकेको अवस्थामा सेनाले किन छुट्टै ब्रिफिङ गरेको हो भन्ने अन्योल स्वयं दाता मुलुकका प्रतिनिधिलाई नै भए पनि उनीहरूले सेनाले गरेको उद्धार तथा राहतको प्रशंसा गरेका थिए।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि, अमेरिकी सहयोग नियोग, युनिसेफ, जापानी सहयोग नियोग (जाइका), बेलायती सहयोग नियोग डिफिडलगायतका राजदूत तथा प्रतिनिधि सहभागी थिए।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.