अपडेट : आज १२ : ५२ मिनेट जादा उपत्यकामा पुन: ७.१ रेक्टरको महाभूकम्प
काठमाडौं । उपत्यकामा फेरी आज १२ : ५२ मिनेटमा भूकम्पको ठुलै धक्का महसुुस भएको छ ।
काठमाडौं र उपत्यका आसपासका जिल्लाहरमा ठूलो भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार दोलखाको सुनखानीलाई केन्द्र बनाएर ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । तर, भूकम्पकाे मापनबारे फरक-फरक तथ्यांक अाएका छन् । बीबीसीले ७.४ रेक्टरकाे भूकम्प अाएकाे लेखेकाे छ ।
नेपाल टेलिभिजनले ६.८ रेक्टरकाे भूकम्प अाएकाे उल्लेख गरेकाे छ । भूकम्पको गहिराइ २ किलोमिटर मात्र भएकाले आसपासका जिल्लामा ठूलो धक्का महसुस भएको बताइएकाे छ । यद्यपि भूकम्पकाे गहिराइबारे वास्तवित तथ्य अाइसकेकाे छैन । बीबीसीले १८ किलाेमिटर गहिराइ रहेकाे उल्लेख गरेकाे छ । भूकम्पको धक्का महसुस भएपछि सर्बसाधर घरबाट आत्तिएर बाहिर निस्केर भागभाग गरेका छन् ।
अमेरिकी भूगर्भ विभागले भूकम्प ७.१ रेक्टर स्केलको भएको बताएको छ । तर कहा के कति क्षति भयो त्यो भने विवरण आउन बाकि नै छ।
गत वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले त्रसित मानिसहरु फेरि आज गएको भूकम्पले झन् बढी त्रसित भएका छन् । तर, विज्ञहरुले भने ठूलो धक्कापछि केही समयसम्म धक्का महसुस भइरहेका बताएका छन् । पुन : १ बजेर २३ मिनेटमा भूकम्पको धक्का दोहोरिएको छ । त्यसपछि आएका अनिगिन्ती धक्कामध्ये सबैभन्दा ठूलो ६.९ रेक्टर स्केलको थियो ।
आजको भूकम्प ७.१ रेक्टर स्केल रहेको भूकम्प मापन केन्द्रको सूचनामा देखिएको छ । आजको भूकम्पबाट राजधानीबासीहरु वैशाख १२ मा जस्तै त्रसित देखिएका छन् । भूकम्पको धक्कासँगै राजधानीबासीहरु सडकमा निस्किएका छन् । पसलहरु एकाएक बन्द भएका छन् ।
पहिलो धक्कापछि सानातिना पराकम्पहरु पनि आउने क्रम रोकिएको छैन । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।