Header Ads

सर्वदलीय सरकार बनाउने नेताको प्रस्तावमाथि दिपकको झटारो

काठमाडौं । हास्य कलाकार दिपक राज गिरीले सर्वदलीय सरकार बनाउने कतिपय दल र नेताहरुको प्रस्तावप्रति ब्यङ्ग्य गरेका छन् ।

उनले नेताहरुले एकै बोली बोले भनेर खुसी भएको त घुमाइ फिराइ खाने कुरा नै गरेको टिप्पणी समेत गरेका छन् ।

 उनले देश बनाउनु पर्छ भन्ने समयमा सर्वदलीय सरकार बनाउने दलका नेताको प्रस्ताव ‘कुन ज्वाइलाइ के धन्दा, घर ज्वाइलाइ खानैको धन्दा’ जस्तो रहेको टिप्पणी पनि गरेका छन् ।

 दिपकराज गिरीले यस अघि पनि सरकारको कार्यशैली र नेताहरुको ब्यवहारप्रति ब्यङ्ग्यसहितको फेसबुक स्ट्याटस लेखेर बहस चलाएका थिए ।

उनले राहतका नाममा भारतले हस्तक्षेप गर्‍यो भन्ने र बलिउड सेलिब्रेटीलाई आलोचना गर्नेमाथि समेत ब्यङ्ग्य बाण प्रहार गरेका थिए ।
Powered by Blogger.