दोलखा, ललितपुर, सिन्धुली र काठमाडौमा २२ जनाको मृत्यु,भक्तपुरमा सयौ घाइते, विद्यालय र घर ढले
काठमाडौं, वैशाख २९ । आज गएको भुकम्पले देशका बिभिन्न ठाउँमा ठूलो मात्रामा जनधनको नोक्सानी गरेको छ । अहिलेसम्म ललितपुरमा दुई, सिन्धुलीमा दुई र काठमाडौमा २ जनाको ज्यान गएको छ भने मकवानपुर, सिन्धुली र अरु जिल्लामा सयौ घाईते भएका छन् ।
ललितपुर जिल्लाको लेले गाविसको वडा नं ६ पहाडेकी ८५ बर्षिया गंगामाया नगरकोटीको ज्यान गएको छ ।
लेले, देबीचौर लगायत दक्षिण ललितपुरका बिभिन्न ठाउँमा घाईते भएका ६ जनाको आनन्दबन अस्पतालमा उपचार गराईरहेका छन् । भुईचालोमा परि उपचार गराईरहेका लेलेकै सरोज तिम्सिनाको पनि आजै मृत्यु भएको छ । भुईचालोमा परि सिन्धुली जिल्लाको नेत्रकाली गाविसमा मान बहादुर वाईवाको आफ्नै घर भत्केर मृत्यु भएको छ भने मझुवा गाविस वडा नं ३ मा ईश्वरी खतिवडाको मृत्यु भएको छ ।
ईश्वरी खतिवडालाई वाख्रा चलाउन गएका बेला आएको पहिरोले पुरेको उज्यालो सहकर्मी बाबुराम देवकोटाले जानकारी दिएका छन् । सिन्धुलीका यी दुई गाविसमा भुईचालोमा परि घाईते हुनेको संख्या ११ पुगेको छ । काठमाडौंको नर्भिक अस्पतालमा पहिलो भुईचालोमा परि उपचार गरिरहेका एक बिरामी, काठमाडौंको टंगालका बालकृष्ण श्रेष्ठको भुईचालो जाने बित्तिकै हृदयघात भएर मृत्यु भएको छ ।
यसैगरि आजको भुईचालाले नर्भिक अस्पातल भत्काएको छ भने अस्पतालले प्रांगणमा बिरामीको उपचार गर्न थालेको छ । भक्तपुरमा करिब सय जना घाइते भएका छन् । जिल्लाबाट प्राप्त जानकारी अनुसार, आजको भुईचालोमा परि पाल्पामा धेरै घरहरु चर्केका छन् भने यस अघिको भुईचालोमा चर्केका नुवाकोटमा धेरै घरहरु ढलेका छन् । अर्घाखाँची जिल्लामा केही विद्यालय भत्केको प्रारम्भिक जानकारी आएको छन् । काभ्रेको कोशीपारि पनि जनधनको नोक्सानी भएका जानकारी आएका छन्, तर हताहती र नोक्सानीको पुष्टि हुन बाँकी छ ।
सिध्दार्थ राजमार्गको वालिंग नगरपालिकामा ढुंगा खस्दा कार चलाईरहेका चालक घाईते भएका छन्् । हाल उनलाई उपचारका लागि पोखरा लगिएको छ । मकवानपुर जिल्लाको हेटौंडा बजारमा १० भन्दा धेरै घर ढलेका छन् भने भुईचालोमा परेर घाईते भएका २५ जनालाई उपचारका लागि हेटौडा अस्पताल लगिएको छ । ताप्लेजुंगको फुरुम्बो गाविसमा जनता निमावि भत्केको छ ।
सिन्धुपाल्चोक र दोलखाबीच केन्द्रबिन्दु रहेका दिउँसो १२ बजेर ५० मिनेटमा ७ दशमलब ३ रेक्टर, त्यसपछि गएका ६ दशमलब ३ रेक्टर र ५ दशमलब ६ रेक्टर स्केलका भुईचालोले सबैभन्दा बढी नोक्सानी दोलखामा भएको प्रारम्भिक जानकारी आएको छ । हाल सम्म दोलखामा ८ जनाको ज्यान गएको छ ।-स्रोत/उज्यालो अनलाइन बाट