Header Ads

विहारका मुख्यमन्त्री भन्छन्ः पटनामा भूकम्प आए ५ लाखको मृत्यु

एजेन्सी । नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारका मुख्यमन्त्री नीतिश कुमारले नेपालमा जस्तो भूकम्प विहारमा आए ५ लाख मानिसको मृत्यु हुने चेतावनी दिएका छन् ।

 भूकम्पको केन्द्र विन्दु पटनामा भएमा विहारका ५ लाख मानिस एकै चिहान हुने उनको भनाइ छ । राजधानी पटनामा भूकम्प सम्बन्धि सुरक्षा मानकको उल्लङ्घन भैरहेको तर्फ सचेत गराउँदै मुख्यमन्त्री नीतिशले अग्ला अग्ला भवन मापदण्ड पुरा नगरी बनाएर बाँच्ने आशा गर्न नसकिने बताए ।

 पटनाको पाटिलपुत्र अशोक होटलमा विपद जोखिम न्यूनिकरण विषयमा आयोजिन कार्यशालामा बोल्दै मुख्यमन्त्री नीतिशले यस्तो चेतावनी दिएका हुन् । उनले सबै संरचनालाई भूकम्पप्रतिरोधी मापदण्ड अनुसार बनाउन पनि आह्वान गरेका छन् ।

Powered by Blogger.