अपडेट : भूकम्पबाट अहिले सम्म ८०२९ को मृत्यु : कहाँ के कति क्षति भो जान्नुहोस !
काठमाडौँ । बैशाख १२ गते देशका विभिन्न भागमा आएको बिनाशकारी भुकम्पमा परी आइतबार साँझ सम्मको प्राप्त जानकारी अनुसार ८०२९ जनाको ज्यान गुमेको छ भने १७,७८४ जना घाइते भएका छन् ।
भुकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७१३, पुर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ५८३३, पश्चिम क्षेत्रमा ४१९ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा ९०२२, पुर्व क्षेत्रमा ३२५, मध्य क्षेत्रमा ५४७२, पश्चिम क्षेत्रमा ११९०, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् ।
साथै भुकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ५, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ६८ जना तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्या समेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । यसैगरी हालसम्म नेपाल प्रहरी १ जना, नेपाली नागरिक २६९ र विदेशी नागरिक १०५ जना हराइरहेका छन् ।
हालसम्म उपत्यकामा १६९१, पुर्वमा क्षेत्रमा ५०, मध्य क्षेत्रमा ५७८३, पश्चिम क्षेत्रमा ४१५ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ७९४१ को शब निजहरुका आफन्तलाई बुझाइएको छ भने अन्य शबहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको छ । त्रि.बि.बि. शिक्षण अस्पताल महाराजगंजमा रहेका ३० शवहरु पहिचान हुन बाँकी छन् ।
साथै हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन हुनसमेत नेपाल प्रहरी हार्दिक अनुरोध गर्दछ । साथै भुकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६५४९४, पुर्व क्षेत्रमा ३५४५४, मध्य क्षेत्रमा १९८२७३, पश्चिम क्षेत्रमा ११३९४२, मध्य पश्चिम क्षेत्रमा ३१५४ र सुदूर पश्चिम क्षेत्रमा ३२ गरी जम्मा ४१६३४९ भौतिक संरचनाहरु क्षती भएका छन् ।
नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल र पानीलगायतका राहत सामागी वितरण कार्य भइरहेको छ । भग्नावशेष हटाउने र सरसफाई गर्ने तथा उद्दार समेतका कार्यमा देशभर नेपाल प्रहरीबाट कुल ४१ हजार ७ सय ७६ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।