Header Ads

आतङ्ककारीबीच झडपमा दुई प्रहरी र २१ तालिवानको मृत्यु

एएफपी, सारन । पूर्वी अफगान प्रान्त पाक्टिकामा प्रहरी र तालिवान आतङ्ककारीबीच भएको झडपमा परी करिब २१ आतङ्ककारी र दुई प्रहरीको मृत्यु भएको समाचार छ । सो जानकारी प्रान्तीय सरकारले शुक्रबार दिएको छ ।

 शुक्रबार प्रान्तीय सरकारद्वारा प्रकाशित विज्ञप्तिमा सो जानकारी गराइएको एक समाचारमा जनाइएको छ । सो झडपमा परी १३ आतङ्ककारी र एक एबीपी सदस्य मारिनुको साथै १८ आतङ्ककारी घाइते भएका छन् । साथै एक प्रहरी घाइते भएका पनि प्रान्तीय सरकारद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पाक्टिका प्रान्तको गोमाल जिल्लाको जमैन तए क्षेत्रमा रहेको अफगान सीमा प्रहरी (एबीपी) गस्तीमा बिहीबार आतङ्ककारीले गरेको आक्रमणपछि दोहोरो झडप भएको थियो । सोही दिन ओम्ना जिल्लाको छिमेकमा रहेको एक प्रहरीचौकीमा आतङ्ककारीले गरेको आक्रमणपछिको दोहोरो झडपमा परी आठ आतङ्ककारी र एक प्रहरी मारिएका बताइएको छ ।

झडपमा परी छजना आतङ्ककारी घाइते भएका जनाइएको छ । गत जनवरीमा नेटो सैनिक अफगानिस्तानबाट फर्केपछि अफगानिस्तानको सम्पूर्ण सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।

 अफगासिनस्तामा सरकारसँग युद्धरत तालिवान आतङ्ककारी समूहले मारिएका तालिवान आतङ्ककारीहरुको विषयमा केही टिप्पणी गरेका छैनन् ।
Powered by Blogger.