नेपालका भुकम्पपीडिलाई रोनाल्डोद्वारा ८० करोड सहयोग
काठमाडौं, वैशाख २७ । पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले महाभुकम्प पीडित नेपालीको सहयोगका लागि करिब ८० करोड ५० लाख रुपियाँ (७० लाख युरो) दिएका छन् ।
विश्वकै सबभन्दा धनी स्पेनी क्लब रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले भुकम्प पीडित नेपालीलाई सहयोगस्वरुप ७० लाख युरो सेभ द चिल्डेनलाई दिएको खबर फ्रान्सेली स्पोर्ट्स म्यागजिन ‘सो फुट’लाई उल्लेख गर्दै बेलायतको द टेलिग्राफले जनाएको छ ।
सो फुटका अनुसार भन्दै यसलाई टेलिग्राफ, डेली मेल, मिरर र द डेली स्टारजस्ता ठूला मिडियाले शनिबार राम्रै् स्थान दिएका छन् ।
तर, रोनाल्डोकै अफिसियल फेसबुक, ट्विटर र वेभपेज तथा सेभ द चिल्ड्रेनले भने त्यसबारे केहि जानकारी दिएको छैन, कान्तिपुर दैनिकमा खबर छापिएको छ ।