Header Ads

उद्दारको लागि दोलखा पुगेको अमेरिकी सैनिक हेलिकोप्टर दुर्घटनामा परेको आशंका !

दोलखा, बैशाख ३० । दोलखा । मंगलबार दिउँसो भूकम्प पीडितको उद्दारको लागि दोलखामा पुगेको अमेरिकी सैनिक हेलिकोप्टर दोलखामा दुर्घटनाग्रस्त अवस्थामा देखा परेको छ ।

मंगलबार दिउँसो देखी बेपत्ता भएको हेलिकोप्टर देखा परेपनि बिमानको अवस्था र सम्पर्क केही हुन नसकीरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जानकारी दिएको छ । कार्यालयले बिमान दुर्घटना भएको अवस्थामा देखिएको भएपनि बिमानमा रहेकाको अवस्था तथा घटनाको आधिकारीक पूष्टि भने गरिसकेको छैन ।
बेपत्ता भएको भनिएको जिल्लाको सुनखानी गाविसको बबुवा खोला नजिकै हेलिकोप्टर राती देखा परेको जिल्ला प्रहरी कार्यालय दोलखाका नायव उपरीक्षक अजय केसीले बताए । बाक्लो तुवाँलोका कारण सैनिक हेलिकोप्टरको वास्तविक अवस्था बुझ्न नसकीएको प्रहरीले बताएको छ ।

हेलिकोप्टर मंलबार विहान ९ बजेर १७ मिनेटमा काठमाडौंबाट उडेको थियो भने ३ बजेर २५ मिनेटबाट सम्पर्क बिहिन भएको थियो । बीबीसीका अनुसार अमेरिकी सेनाको युएस प्यासिफिक कमाण्डका प्रवक्ता डेभि इस्टब्राउनले हेलिकोप्टर हराएको पुष्टि गरेका थिए। उल्लेखित खबर एक्स्प्रेस खबर डट कम बाट सभारित सामाग्री हो ।
Powered by Blogger.