Header Ads

रामेछापमा भुकम्पको कारण थप ४ को मृत्यु , ३८ घाइते

रामेछाप । मंगलबार गएको भुकम्पमा परि रामेछापमा थप ४ जनाको मृत्यु भएको छ । सो भुकम्पमा परि अन्य ३८ जना घाइते भएका छन् । रामेछापका प्रहरी नायव उपरिक्षक दीपक शाहका अनुसार भुकम्पमा परि ज्यान गुमाउनेहरुमा बाम्ती गाविस– ८ का हितबहादुर दर्जी, वेताली ८ की सरिता घिमिरे, चुचुरे ५ का वलकाजि श्रेष्ठ र गौश्वारा गाविसका मंगले तामाङ रहेका छन् ।

मृतक मध्ये ३ जनाको आफ्नै घरमा घरले पुरिएर मृत्यु भएको थियो भने मंगले तामाङको भने लखनपुर गाविस ६ मा मृत्यु भएको हो । भुकम्पमा परि ३८ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनालाई २९ गते नै उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । अन्य घाइतेको पनि धुलिखेल, काठमाडौँ तथा मन्थलीमा उपचार भई रहेको छ ।

 भुकम्पका कारण जिल्लाका अधिकाँस घरहरु बस्न नहुने गरि भत्किएका छन् । केही पक्कि घरबाहेक कच्चिघरहरु बस्न नहुने गरि विग्रिएका प्रहरीले जनाएको छ । यस अघि बैशाख १२ गते गएको भुकम्पमा परि जिल्लामा २५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

जिल्लाका ४५ हजार घर मध्ये ४० हजार घर बस्न नहुने गरी सो भुकम्पले क्षति ग्रस्त बनाएको तथ्याङ्क स्थानीय प्रशासनले सार्वजनिक गरेको थियो । फेरी शक्तिसालि भुकम्प गएपछि राहत वितरणसंगै उद्धार कार्यलाई अघि बढाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताउनु भयो । (युनिक बिफा घिसिङ मन्थलीबाट प्राप्त)
Powered by Blogger.