धरहरामा पुरिएको एउटा सपना ! भूकम्पले जेठो छोरालाई खोसेर लगेपछी
रिमा राना । शनिबारको भूकम्पले लेखनाथ नगरपालिकामा बस्ने यो परिवारमा पनि दुःखको वर्षा गराईदियो । बीबीए अन्तिम सेमेष्टरमा अध्ययनरत जेठो छोरा गुमाएका यी बृद्ध बाबुआमा भन्छन्–भाइलाई छोडेर आऊ भनेर पठाएको छोरा कहिल्यै फर्किएन । अमर भनिने अमबहादर पुन लेखनाथ नगरपालिकाको ढुंगेपाटनमा अवस्थित पोखरा विश्वविद्यालयमा बीबीए अन्तिम सेमेष्टरमा अध्ययन गर्थे ।
कान्छो भाइ दिपक कतारमा सेक्युरिटी गार्डका लागि १३ गते बेलुकीको फ्लाईटमा जानुपर्ने भएपछि बाबु बेलबहादर पुन र आमा अमकला पुनले भाइलाई सिअफ गरेर आउन अह्राए । १३ गतेको फ्लाईट पक्का भएपछि १२ गते दाजुभाइले घुमफिरको योजना बनाए । सुन्धाराको मुनाल गेष्ट हाउसमा बसेका उनीहरु बिहानको खानापछि धरहरा कहिल्यै नचढेकाले धरहराबाट काठमाडौ उपत्यकालाई नियाल्ने उद्देश्यले धरहरा चढ्न भन्दै टिकट काटेर उक्लिए ।
केही क्षण धरहराबाट राजधानीको अवलोकन गरेपछि उनीहरु ओर्लिए । उनीहरु ओर्लिदै गर्दा धरहराको छैटौं तलामा आईपुग्दा बेतोडले हल्लाइएको महशुस भयो, पछि भूकम्प भन्दै मानिसहरु चिच्याएको आवाज सुनेपछि उनीहरु छिटोछिटो तल ओर्लन कोशिस गर्न थाले । भाइ दिपक भन्छन्–त्यसपछि मलाई केही थाहा भएन, म बेहोस भएछु, अनुहारमा बेसरी चोट लागेको रहेछ । तर म होशमा आएपछि दाजुलाई पाईन, दाजु धरहराको भग्नावशेषले पुरिएको बताइयो तर शरीर भने फेला परेन ।
उक्त साँझै अमबहादरको क्षतविक्षत शरीर भेटियो,त्यतिखेरसम्म पनि उनको मुटु अझै चलिरहेको थियो । त्यसैले उद्दारकर्ताहरुले हतार हतार उनलाई अस्पताल लगे । तर अस्पताल नपुग्दै बाटैमा अमबहादुरले अन्तिम श्वास फेरे । त्यसपछि जेनतेन गाडीको बन्दोबस्त गरी परिवारले पोखराबाटै गाडी पठाएर शव र कान्छो छोरा फर्काए । भविष्यका सुनौलो सपना साँचेर कतार जान र केही पैसा आर्जन गरी जिन्दगी गुजारा गर्न, बृद्ध आबुआमाको सहारा बन्ने कल्पनामा रमाएको कान्छो छोरा अनुहारभरि चोट र बीबीए सकेपछि एमबीए गरी बैंकर बन्ने उद्देश्य राखेको जेठो छोराको शव घर फर्केपछि यो परिवार शोकमा छ ।
समयको नमीठो झापड र प्रकृतिको कहालीलाग्दो अभिशापले अभिशप्त जिन्दगीको लागि धिक्कार्दैछन् यी बाबुआमा । तै पनि भन्छन्–मेरो छोरा नभए अरु कसैको सन्तान पथ्र्यो उसको ठाँउमा । कान्छो छोरा मात्र बाँचेर आएको छ, उसैको मुख हेरेर मनलाई सम्झाई बुझाई गर्नुबाहेक हामीसँग अरु बिकल्प छैन । एक मन त लाग्छ उसलाई नपठाएको भए पनि हुन्थ्यो । तर लेखन्तको अगाडी कसैको एक नचल्ने रहेछ । भूकम्पको प्रहारबाट आफूहरु अवर्णनीय पीडामा भएपनि आफूहरुभन्दा अरु झन् पीडित देखेर मन बुझाएको बताउँछन् पुन परिवार ।
अनि भत्किएको त्यो धरहरा त कुनै कालखण्डमा पुननिर्माण होला,तर गुमेको आफ्नो जेठो छोरा यो जीवनमा कहिल्यै फर्की आउने छैन भन्ने पनि उनीहरुलाई थाहा छ । तर भाग्यसँग पौंठेजोरी खेल्ने सामथ्र्य कसको पो होला र ? राहतका र क्षतिपूर्तिका लागि लेखनाथ वडा सचिवलगायतले पहल गरिरहेको बेलबहादर बताउँछन् ,
तर पनि जागिर नपाएकैले बिदेश जानुपर्ने आफू अनि आफूजस्ता पीडितका लागि सरकारले रोजगारीको व्यवस्था गरिदिए कान्छो छोरा जो अब बुढेसकालको एक्लो सहारा पनि हुन,आफूसंगैं हुने बाबुआमाको अपेक्षा छ । बेलबहादुर भन्छन–भूकम्पले जेठो छोरालाई खोसेर लगेपनि कान्छो छोराको सहारामा जीवन बिताउन पाउँ ।