भूकम्पपछि राजधानीमा डेरा हाहाकार बढ्यो
काठमाडौँ , बैशाख २६ । बैशाख १२ मा आएको भूकम्पपछि राजधानीमा डेरा हाहाकार भएको छ । भूकम्पले नचर्किएका घर भाडामा शतप्रतिशतसम्म बढाइएको छ ।
नेपाल प्रहरीले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकामा मात्र ३४ हजार ४१ वटा घर भत्किएका छन् ।
एक लाख ३६ हजार पाँच सय ४५ जना विस्तापित भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । एकैपटक धेरैजनाको आवास गुमेकोले नयाँ आवास खोज्ने क्रममा डेराको हाहाकार भएको छ ।
प्रहरीका अनुसार उपत्यकामा १३ हजार दुई सय ९१ वटा घर पूर्ण रुपमा भत्किएका छन् भने २० हजार सात सय ५० घरमा आंशिक क्षति पुगेको छ । भाडा बढेको गुनासो आउन थालेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीले यसबारे सम्बोधन गर्न सोच्दै गरेको बताए ।
उनले भने -‘धेरै भाडा लिए भनेर उजुरी आउन थालेको छ, यस्तो दुःखको बेला उच्च भाडा लिनु गलत हो, यसलाई कसरी सम्बोधन गर्ने भन्नेबारे सोच्दैछौं ।’नयाँ पत्रिकाबाट