Header Ads

कता हरायो अमेरिकी हेलिकप्टर ? मन्त्रीले भने– भेटियो, सबै सकुशल, सेना भन्छ– भेटिएकै छैन, खोजिरहेको छौं

काठमाडौं, वैशाख ३१ । मंगलबारको शक्तिशाली भूकम्पमा परी घाइतेको उद्धार गर्न अपराह्न दोलखा पुगेको अमेरिकी सेनाको हेलिकोप्टर अझै बेपत्ता छ ।

हेलिकोप्टरबारे सरकारी निकायबाटै फरकफरक जानकारी प्रवाह भएपछि यो घटना झन रहस्यमय बनेको छ । हेलिकोप्टर हराएको वा कतै ल्यान्ट गरेर बसेको भन्ने अझै खुल्न सकेको छैन् ।

हराइरहेको हेलिकप्टर नेपाल विद्युत प्राधिकरणको दोलखास्थित निर्माणधिन सुंगटी सबस्टेसनमा ल्यान्ड गरेको र त्यसमा सवार सबै जना सकुशल रहेको बुधबार साँझ विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाटले विभागीय मन्त्रीलाई जानकारी गराएका थिए ।

 सेनाले बेपत्ता हेलिकप्टर नभेटिएको र खोजी कार्य जारी रहेको बताउँदै विज्ञप्ति निकालेपछि घटनाले नयाँ मोड लियो ।

मंगलबार दिउँसो १ः५० मा त्रिभुवन विमानस्थलबाट उडेको उक्त हेलकोप्टर दोलखा सुनखानी पुगेपछि सम्पर्कविहीन भएको आजको नागरिक दैनिकमा खबर छ ।
Powered by Blogger.