भूकम्प पछी कोइराला र मोदीबीच यस्तो टेलिफोन वार्ता भयो
काठमाडौँ । बैशाख १२ गते र त्यसपछि अस्ती दाेलखा केन्द्बीन्दु भएर गएको शक्तिशाली भूकम्पले नेपालसहित भारतका विभिन्न क्षेत्रमा पारेका अरस बारे नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीबीच छलफल भएको छ ।
हीजाे भएको टेलिफोन वार्तामा दुई प्रधानमन्त्रीबीच नेपालमा हालैको भूकम्प, र त्यसले पुर्याएको धनजनको क्षति, खोजी, उद्धार र राहत प्रयासका साथै दुई देशका बीचको आपसी सम्बन्ध बारे छलफल भएको थियो । प्रधानमन्त्री कोइरालाले यही वैशाख १२ गतेको भूकम्पबाट नेपालको जनजीवन सामान्य अवस्थामा फर्कन लागेका बेला वैशाख २९ गतेको अर्को शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनले जनमानसलाई भयभीत बनाएको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
उनले पछिल्लो भूकम्पको कम्पन दिल्लीसम्म अनुभव गरिएको र विहारमा जनधनको क्षति भएको खबरले आफू थप दुःखित भएको पनि टेलिफोनमा बताए । प्रधानमन्त्री कोइरालाले भारतको सबै समुदायमा नेपाललाई परेको यस विपदमा सघाउन जागृत स्वस्फुर्त भावनालाई अनुपम भएको बताउँदै यस विपदको समयमा सबै नेपालीको हृदय स्पर्श गरेको उल्लेख गरे ।
उनले यसका लागि भारत सरकार र भारतीय जनतालाई हार्दिक धन्यवाद दिए । प्रधानमन्त्री कोइरालाले भूकम्पको विनास पछि अहिले पुनःस्थापना र पूर्नःनिर्माणको ठूलो चुनौती उपस्थित भएको बताउँदै अहिले क्षतिको मूल्याङ्कन भइरहेको प्रष्ट पारे । उनले भारत र चीनबीचको सु सम्बन्धले विश्वशान्ति, स्थायित्व, सुरक्षा र विकासमा ठूलो अर्थ राख्ने समेत बताए ।-न्यूज अभियान