Header Ads

भूकम्पपछि संसद बैठकमा भागाभाग

काठमाडौंं, वैशाख २९ । मंगलबार दिउँसो १२ बजेर ५० मिनेटमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा व्यवस्थापिका संसदमा भागदौड मच्चिएको छ ।

वैशाख १२ गते भएको बिनासकारी भूकम्पबाट भएको क्षति तथा पीडितको राहत, पुनर्स्थापना तथा पुननिर्माणका लागि संसदमा पेश भएको संकल्प प्रस्तावमा सभासद बोल्ने क्रम जारी रहँदा भूकम्प गएपछि सभासद बैठक भवनबाट भागेका थिए ।

संकल्प प्रस्तावमाथि बोल्दै गरेका एमाले सभासद विष्णु पौडेल माइक्रोफोन अघि नै उभिनुभएको थियो । उहाँ त्यतिबेला विपत्तिको सामना साहसका साथ गर्नुपर्ने बताउँदै हुनुहुन्थ्यो । मंलबारको बैठकले संकल्प प्रस्ताव पारित गर्ने कार्य योजना थियो ।

प्रस्तावमाथिको छलफलमा आफ्ना अभिमत राख्न ६६ जना सांसदले नाम लेखाउनुभएको थियो । भूकम्पबाट भएको जनधनको क्षति र सर्वसाधारणलाई राहत बाँड्न र पुनःनिर्माणमा जुट्न सरकारले प्रस्तुत गरेको सङ्कल्प प्रस्तावमा छलफल भइरहँदा एकपछि अर्को भूकम्पको धक्का महसुस भएपछि सदनको कारबाही स्थगन भएको छ ।

 बैठक बुधबार १ बजेसम्मका लागि स्थगन भएको जानकारी महासचिव मनोहरप्रसाद भट्टराईले दिनुभयो ।
Powered by Blogger.