Header Ads

Flash News : गाँउनै सखाप हुने गरि सप्तरीमा भीषण आगलागी

सप्तरी, चैत २६ । सप्तरीको रामपुराको मल्हनिया गाउँ विकास समिति वडा नम्बर–५ स्थित मल्हनियाँ टोलमा विहीबार भएको भीषण आगलागीबाट अहिलेसम्म एक सय घर जलेर नष्ट भएका छन् ।

 स्थानीय दशरथ यादवको घरबाट सुरु भएको आगोले बस्ती नै सखाप पारेको छ । आगोमा परी दुईजना घाइते भएका छन् भने केही पशु पनि जलेका छन् ।

आगलागी नियन्त्रणका लागि राजविराजबाट गएको दमकल ढिला पुग्दा क्षति बढी भएको हो । दमकल, स्थानीयबासी र प्रहरीले आगो निभाउने प्रयास गरेपनि आगो पूरै नियन्त्रणमा आउन नसकेको नायव प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

यस्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाले पनि आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण पनि आउन सकेको छैन ।
Powered by Blogger.