Header Ads

एसएसपी रमेश खरेललाई कस्ले गर्ने कारबाही ?यो पनि धन्दा खरेलकै !

काठमाडौँ । नेपाल प्रहरीका एसएसपी रमेश खरेल निकै चर्चामा पुगे । मानौं एसएसपी रमेश खरेल बाहेक नेपाल प्रहरीमा कोहि पनि इमान्दार प्रहरी छैन् । नेपाल प्रहरी भित्रका हिरो भनेर चिनिएका चर्चित रमेश खरेल फेरि विवादमा मुछिएका छन् । खरेल प्रमुख रहेको मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरतर्फले अघि बढाएको भर्ना प्रक्रिया रद्द भएपछि उनी विवादमा तानिएका हुन् ।

 लिखित परिक्षामा उत्तिर्ण गरेकाहरुलाई जभाभावी नम्बर दिइएको भन्दै खरेलको भर्ना प्रक्रियालाई लोकसेवा आयोगले रद्द गरेको छ । भर्ना प्रक्रियामा प्रश्न उठेपछि आयोगले भर्ना प्रक्रिया संशोधन गर्न प्रहरी हेडक्वार्टरलाई निर्देशन दिएको थियो । प्रहरीमा विभिन्न कारणले रिक्त प्रहरी जवान पद खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गर्न प्रहरी प्रधान कार्यालयले गत असोज २४ गते विज्ञापन निकालेको थियो ।

लिखित परीक्षामा सहभागी भई उत्तीर्ण भएका भरतपुरका सबै उम्मेदवारहरुलाई बैशाख २ देखि ७ गतेसम्म पुनः अन्तर्बार्ताका लागि बोलाइएको छ । प्रहरीका चर्चित एसएसपी खरेल नै प्रमुख रहेको तालिम केन्द्रमा कमजोरी भेटिएपछि उनीलाई कारबाही स्वरुप हेडक्वार्टर तान्ने वा नसियत दिने भन्ने विषयमा यतिबेला प्रहरी प्रधान कार्यालयलाई नै हम्मे हम्मे परेको छ । भर्ना प्रक्रियामा कमजोरीका विषयमा गृहमन्त्रालयले समेत अनुसन्धान थालेपछि प्रहरी प्रधान कार्यालय थप दबाबमा परेको हो ।

 प्रहरी प्रवक्ता डीआइजी कमलसिंह बमले भरतपुरको भर्ना प्रक्रियामा प्राविधिक कमजोरी भएको स्वीकारे । खरेलमाथिका कारबाहीका विषयमा भने प्रहरी प्रवक्ताले बोल्न चाहेनन् । निश्कलंकित छविका प्रहरी अधिकारी भनिएपनि खरेल पटकपटक विवादमा पर्ने गरेका छन् । त्यसो त एसएसपी खरेलले प्रहरी प्रशासनको आडमा आफ्नो श्रीमती मार्फत मिटरवाले ब्याजमा रकम लगाएर रकम असुल्ने धन्दा पनि उनको पुरानै हो ।

ड्राइभरबाट एकाएक करोडपति बनेका विरेन्द्रलाल श्रेष्ठलाई समेत एसएसपी खरेलले भित्र भित्रै संरक्षण गर्ने गरेको समाचार स्रोतले बताएको छ । क्रिश्चियन धर्मको आडमा लुट मच्चाउनेहरु सगँ समेत उनको सम्बन्ध गहिरिएको समाचार न्युज अभियान डट कमले फेला पारेको छ । धर्म प्रचारका नाममा विदेशबाट डलर ल्याएर व्यक्तिगत रुपमा रकमको दुरुपयोग गरि ब्यत्तीगत शुभलाभ लिने लोक भण्डारीसगँ एसएसपी रमेश खरेलको सम्बन्ध बढेकाले पनि धेरै कुरा प्रष्टिन्छ ।

नक्कली डाक्टरको उपाधी राखेर सम्पति थुपादै आएका भण्डारी र एसएसपी खरेलको संबन्ध रहस्यमय ढङ्गको भएको एक पास्टरले बताए । बाहिर हिरो भित्र बद्नाम बन्दै गएका उनी कस्को संरक्षणमा यस्तो धन्दा गरेकाछन् खोजीको बिषय भएको छ ।-स्रोत/न्यूज अभियान डट कम बाट
Powered by Blogger.