Header Ads

नवलपरासीमा दुई वटा बेवारिसे शव फेला

नवलपरासी, चैत २६ । नवलपरासीमा बिहीबार २ वटा बेवारिसे शव फेला परेका छन् ।

नवलपरासीको कावासोती–१५ अमलटारीमा एक महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि वरुवालले बताउनुभयो ।

नारायणी नदी किनारामा झण्डै ४५÷४६ वर्षकी महिलाको शव फेला परेको उहाँले बताउनुभयो । यस्तै दुम्किबास–७ बगुवनमा पनि एक पुरुषको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार दुम्किबास–७ बगुवन गाउँ छेउकोे खोल्सामा सडेको अवस्थामा झण्डै २५÷३० वर्षको पुरुषको शव फेला परेको हो ।
Powered by Blogger.