Header Ads

श्रीमतीलाई श्रीमानप्रति शंका हुने पाँच कुरा पढौँ !

श्रीमान श्रीमतीको सम्बन्ध विश्वासमा बाँधिएको हुन्छ । कहिलेकाँही सानो कुरामा पनि श्रीमतीलाई श्रीमान प्रति शंका लाग्न सक्छ । शंका भन्ने चिज नै यस्तै छ जतिबेला जहाँ पनि हुन सक्छ ।
पढौँ आज तकमा दिइएका यस्ता पाँच कुराहरु जसबाट श्रीमतलिाई आफ्नो श्रीमानप्रति शंका हुने गर्छ ।
१. मोवाइलमा धेरै समय विताउदा
कोही श्रीमान यदी फोनमा धेरै समय बिताउछ र इन्टरनेटमा बढी व्यस्त रहन्छन् भने त्यसमा शंकाको विषय पनि रहन सक्छ । त्यसैले यदी श्रीमान मोवाइलमा चुपचाप समय बिताइरहेका हुन्छन् भने त्यसमा श्रीमतीलाई शंका लाग्छ चाहे उ मोबाइलमा गेम किन खेलिरहेको न होस ।
२. काम सकिएर पनि समयमै घर नआउदा
अफिसमा आफ्नो काम सकिएर पनि श्रीमान समयमै घर आएन भने त्यो पनि शंकाको विषय हुन सक्छ । यस्तोमा श्रीमतीलाई शंका हुन्छ कि आखिर उनी किन यती ढला गरिरहेका छन् ।
३. अफिसियल ट्रिपमा जाने कुरा गर्दा
यदी कुनै श्रीमानले आफू अफिसको ट्रिपमा केही दिनका लागि बाहिर जाजे कुरा गर्छ भने त्यो पनि श्रीमतीका लागि शंकाको विषय हुन्छ । यस्तोमा कैयौँ पटक श्रीमती पनि उनीसँगै जान जिद्दी गर्छन् ।
४. धेरै ख्याल गर्दा
कैयौँ पटक यदी श्रीमान् आफ्नो श्रीमतीसँग मिठा–मिठा कुरा गर्छ थाल्छन् भने पनि उनीहरुको श्रीमतीको दिमागको घन्टी बज्न थाल्छ । यस्तोमा उनीहरु सोच्न थाल्छन् कि आखिर किन यस्तो ? कतै कुनै गडबडी त छैन ।
५. चिटिक्क परेर बाहिर निक्लदा
यदी श्रीमान एक्लै भरबाट बाहिर जाँदा चिकिक्क परेर निक्लन्छन् भने त्यो पनि श्रीमतीको टाउको दुखाइको विषय बन्छ । यदी श्रीमानले धेरै परफ्युम र राम्रा कपडा लगाउछन् भने त्यो शंकाको विषय हुन सक्छ ।

Powered by Blogger.