Header Ads

पूर्व युवराज पारस आज मध्यान्ह १ बजे काठमाडौं आउँदै

काठमाडौँ, चैत १९ । थाईजेलबाट रिहा भएका पूर्व युवराज पारस शाह आज मध्यान्ह १ बजे काठमाडौं आउने समाचार प्राप्त भएको छ ।

लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वयुवराज पारस मंगलबार मात्र थाइल्याण्डको जेलबाट छुटेका थिए। उनी आज थाइ एयरको नियमित उडानबाट काठमाडौं आउन लागेको समाचारमा उल्लेख छ । उनका साथमा मातृभूमिका लागि युवा अभियानका संस्थापक अध्यक्ष सुनिल खड्का पनि साथै आउने भएका छन्।
>

 खड्काले पारसलाई थाइल्याण्डमा निकै सहयोग गरेका थिए। गत फेब्रअरीमा अचानक अचेत भएका पारसलाई थाइल्याडको सुकुमित अस्पतालले ११ दिनसम्मको उपचारपछि थप सुधार गर्न चाङमाई सुधारगृहमा राखेको थियो। सुधारकेन्द्रमै बस्दै आएका पारस चाङमाईबाटै लुङखाई गएका थिए।

 प्रहरीले उनलाई बीएमडब्ल्यू कारमा लागूऔषध फेला पारेर सार्वजनिक गरेको थियो। उनी फेरि उतै फर्किने गरी स्वदेश आउन लागेका हुन् या यतै रहनेछन् त्यसबारे भने केहि खुलाइएको छैन।

लामो समयदेखि थाइल्याण्डमा बस्दै आएका पारस नेपाल आउने बेलाबेलामा चर्चा चल्ने गरेपनि त्यो त्यो पर सर्दै गएको थियो ।
Powered by Blogger.