Header Ads

खिम्ती र तामाकोशीको शेयर नपाएसम्म नरोकिने आन्दोलन सुरु

रामेछाप । रामेछापका स्थानिवासीले आन्दोलनको घोषणा गरेका छन् । खिम्ती र तामाकोशीको शेयर प्राप्तिको लागि गठित संयुक्त संघर्ष समितिको सचिवालयको बैठकले आन्दोलनको घोषणा गरेको हो ।

बैठकपछि सचिवालयको तर्फबाट संयुक्त विज्ञप्ति प्रकाशित गरी आगामी बैशाख १४ गते खिम्ति जलविद्युत आयोजनाको प्रांगणमा विरोध सभाको कार्यक्रम राखिएको जनाएको छ ।

 सचिवालयको तर्फबाट नेपाली कांग्रेसका उपसभापति झपडराज भण्डारी, एमाले उपाध्यक्ष प्रेम तामाङ र एमाओवादीका उपसचिव तारानारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

 कुटनीतिक रुपबाट रामेछापेलीको शेयर मागको विषयलाई सम्बन्धित निकायमा पटकपटक राख्दा गैह्र जिम्मेवार ढंगले प्रस्तुत भएकोले जनताको अधिकार सुनिश्चित गर्न संघर्षको विकल्प नरहेको उनीहरुले बताएका छन् ।

 जनताले राखेको शान्तिपूर्ण माग माथि सुनुवाई नभएपछि आफूहरु आन्दोलनमा जानु परेको एनेकपा माओवादीका उपसचिव तारानारायण श्रेष्ठले बताए ।

आफूहरुले सरोकारवाला सबै निकायमा कुरा राख्दा कतैबाट पनि त्यसको सुनुवाई नभएकोले आन्दोलन गर्नु परेको उनको गुनासो छ ।
Powered by Blogger.