Header Ads

आत्महत्या गर्ने डाक्टरका समलिङ्गी पति थुनामा

एजेन्सी, नयाँ दिल्ली । एम्स डाक्टर प्रिया वेदी आत्महत्या प्रकरणमा उनका पति कमल वेदीलाई १४ दिन न्यायिक हिरासतमा पठाइएको छ। अदालतमा मुद्दाको सुनुवाइ भइरहेको बेला कमलका पिताले मुख खोलेका छन्।

उनले आजको समयमा अनेक समस्या आइरहने बताउँदै विवाहको धर्म निर्वाह गर्नु भारतीय नारीको जिम्मेवारी हुने बताएका छन्। प्रियाले आइतबार पहाडगञ्जको एक होटलमा आत्महत्या गरेकी थिइन्। फेसबुकमा सुसाइड नोट पोष्ट गर्दै उनले आफ्ना पति समलिङ्गी (गे) भएको खुलाएकी थिइन्।

उनले पतिले आफूलाई मानसिक यातना दिएको पनि बताएकी थिइन्। कमललाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा लिएको छ। कमल र प्रियाबीच पाँच वर्षअघि विवाह भएको थियो।

विवाहपछि कमलले आफू समलिङ्गी भएको स्वीकारेका थिए। कमलका पिताले सञ्चारमाध्यमसँग कुरा गर्दै आजको जमानामा यो सब सामान्य कुरा भएको उल्लेख गरेका छन्।

'हामीलाई थाहा थिएन कि हाम्री बुहारी यति धेरै दुःखी किन छिन् भन्ने। छोराले पनि आफ्नो आफ्नाबारे केही बताएको थिइन्', उनले भनेका छन् ।
Powered by Blogger.