Header Ads

रीनाले आफ्नै शरीरमा आगो लगाई किन आत्महत्या गरिन् ?

गौशाला, वैशाख ९ । महोत्तरीको जलेश्वरमा आज एक महिलाले आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेकी छिन् । जलेश्वर नगरपालिका–१३ धबौलीकी रीना मिश्रले आज दिउँसो आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घरमा कोही नभएको बेला रिनाले आफ्नै सुत्ने कोठाको ढोका झ्याल सबैमा चुकुल लगाएर शरीरमा मट्टितेल खन्याई आगो लगाई जलेर आत्महत्या गरेको प्रहरी निरीक्षक नरेश महतोले बताउनुभयो ।

रीनाले आफ्नै शरीरमा गरेको आगलगीबाट घरको झ्याल र ढोकाबाट धुँवा आएपछि छिमेकीले देख्दा सबैले मिलेर आगो निभाएको र ढोका फुटाएर हेर्दा उनको आधाभन्दा बढी शरीर जलेर मृत्यु भइसकेको प्रहरी निरीक्षक महतोले बताउनुभयो ।

मृतकका पति रोशनकुमार मिश्रले पत्नी रीना विगत चार वर्षदेखि मानसिक सन्तुलनमा नरहेको तथा उनलाई कहिले पनि आफूले एक्लै नछोड्न गरेको बताउँदै आज आफू गाउँमै आफन्तको घरमा व्रतबन्धको वेदी बनाउन गएको बेला उनले आगो लगाई आत्महत्या गरेको बताएका छन् ।
Powered by Blogger.