Header Ads

महिला हिंसा रोक्न नेपाल एप्स

काठमाडौ । हिंसामा परेका बेला सूचना दिन महिलालाई सजिलो होस् भन्ने हेतुले एप्स् सार्वजनिक गरिएको छ । नेपालमै पहिलो पटक ओमन नेपालले ‘रक्षा एप्स्’ ल्याएको हो ।

मोबाइलमा निःशुल्क डाउनलोड गरी प्राप्त गर्न सकिने एप्स्ले आपत–बिपतका बेला स्वीच दवाउने बित्तिकै आफन्त र प्रहरीलाई सूचना दिन्छ । एप्स्ले महिला हिंसा न्यूनीकरणमा सहयोग गर्ने निर्माताको दावी छ ।

 एप्समार्फत ‘म अप्ठेरोमा परेँ, मलाई बचाऊ’ जस्ता कुनै पनि सन्देश टाइप गरी पठाउन सकिन्छ । इन्टरनेटको पहुँच नभएको स्थानमा पनि एप्स्ले काम गर्ने बताइएको छ ।

नेपालमा पहिलो पटक विकास गरिएको यस्तो एप्स् अन्य देशमा भने प्रयोगमा छ । रक्षा एप rakshya.org मा गई डाउनलोड गर्न सक्नुहुन्छ ।
Powered by Blogger.