Header Ads

कांग्रेस एमालेले धोका दिए, अब फेरि क्रान्ति हुन्छ : प्रचण्ड

पोखरा । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस र एमालेले धोका दिएकोले अब फेरी अर्को क्रान्ति गर्नुपर्ने अवस्था आएको बताएका छन्। उनले नयाँ क्रान्तिका लागि तयार हुन कार्यकर्तालाई अपिल गरेका छन्। पोखरामा आइतबार कार्यकतासँगको भेटमा उनले भने, 'कांग्रेस र एमालेले धोका दिएकोले संविधान बन्न सकेन। अब क्रान्तिको विकल्प छैन।' 


उनले कांग्रेस र एमालेले संघीयता र शासकीय स्वरुपलाई थाती राखेर भए पनि संविधान जारी गर्ने प्रयासमा कांग्रेस एमाले लागेको बताए।‘सहमति अनुसार संविधान वनाउन कांग्रेस र एमाले तयार भएमा आन्दोलन फिर्ता हुन्छ,’उनले भने ‘नत्र यही आन्दोलनवाट नयाँ क्रान्तिको सुरुवात हुन्छ ।’

‘संघियता र शाषकिय स्वरुपलाई थाँती राखेर संविधान जारी हुनैसक्दैन,’उनले भने ‘जनजाति, मधेशी, उत्पीडित जाति, वर्ग, क्षेत्रलाई अधिकारसम्पन्न वनाउने पूर्वसहमति अनुसार संविधान बनाउनुपर्छ।’ गणतन्त्र, धर्मनिरपेक्षता, संघियतालाई संस्थागत गर्नका लागि आफुहरु बार्ताका लागि तयार भएको वताए । ‘गाँठो फुकाउने गरी बार्तामा बस्न हामी तयार छौं’उनले भने।

३० दलीय मोर्चाको आन्दोलन तुहाउन सरकारले अनेक षड्यन्त्र गरेको उनले आरोप लगाए । पोखरा सिटी पार्टी प्यालेसमा आयोजित भेटघाटमा करिव चार सय कार्यकर्ता सहभागि थिए । यसअघि क्रान्तिकारी पत्रकार संघ कास्कीका पदाधिकारीहरुसँग कुराकानी गर्दै थमन–महेश स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापनाको लागि २ लाख ५० हजार रुपयाँ दिने बताए।-अन्नपूर्णपोस्टबाट 
Powered by Blogger.