Header Ads

राजेशले यसरी दुःख पोखे ‘विहेको लागि केटी नै पाइन’

काठमाडौँ । गएको वर्ष धेरै ‘सेलीब्रेटी’ले घरजाम गरेँ । महानायक राजेश हमालदेखी नायक आर्यन सिग्देलसम्मले । नयाँ पुस्ताका सुमिना घिमिरेदेखी पुराना पुस्ताका मिथिला शर्मासम्मले विवाह गर्न भ्याए । तर, चर्चित गायक राजेश पायल राईको भने २०७१ मा लगन जुरेन । आफ्ना मिल्ने ‘मितज्यू’(राजेशकै भाषामा) राजेश हमालले समेत गायक राजेशलाई पछि पारे । नायक हमालको विहेपछि राजेशले घोषणा गरेका थिए,‘अब म पनि विहे गर्छु ।’

के यो बर्ष चाहिँ राजेशको विहे पक्का हो त ? ‘मन त छ तर सम्भावना एकदमै न्युन छ’ राजेशले नयाँ वर्षको बिहानै विवाहको सम्बन्धमा निराशा प्रकट गरे,‘सम्भवत यो वर्ष पनि मेरो विहे हुने छैन ।’ उनले नयाँ पेजसँगको संवादमा यो बर्ष पनि विहे नहुने बताए । के छ त कारण ? ‘कारण त केटी नै हो नी, अहिलेसम्म केटी नै पाएको छैन’ राजेशले भने ।

त्यसो त उसको ‘वल्ड टुर’ सकिएको छैन । उनले यो वर्ष पनि दर्जन बढी मुलुकहरुमा जाने योजना बनाएका छन् । भन्छन्, ‘भोली बिहानै कतार जादैछु, यो वर्ष धेरै समय देशबाहिर हुनेछु । त्यस कारण पनि विवाहको लागि वातावरण कम हुनसक्छ ।’

यस्तो हुनुपर्छ, राजेशको रोजाइकी केटी
विवाहको लागि अब राजेशको बिशेष रोजाई केही पनि हुनेछैन । बस्, उनलाई इमानदार र साधरण केटी भए हुन्छ । ‘सकभर आफ्नै जातको होस् भन्ने थियो, सबै संस्कार, संस्कृति मिल्ने होस् भन्ने थियो’ राजेशले सम्झौताको शैलीमा भने, ‘अब सबै खोजीरहेर नहुने रहेछ, बस्, असल र इमानदार भए पुग्छ ।’ त्यसो उनलाई बुबाआमाले पनि विहेका लागि एकदमै कर गरिरहेका छन् । भन्छन्, ‘आमापापाको इच्छा छोराको विहे होस् भन्नेछ, सकेसम्म चाँडै उहाँहरुको इच्छा पुरा गर्ने योजनामा छु ।’

चिन्ताले सताउँछ
राजेशलाई कहिलेकाही विहेको चिन्ताले पिरोल्दो रहेछ । हरेक नयाँ वर्षमा उनले गरेका राम्रो कामको फेहरिस्त पल्टाउँदा थुप्रै हुन्छ । कामको मामलामा सन्तोष छ उसलाई । तर, घरजामको सन्दर्भमा उनलाई कहिले काँही लाग्दो रहेछ, ‘हत्तेरिका, बुढो पो भइयो त ।’

मन पर्ने २०७१ का ५ गीत उनले २०७१ मा दर्जनौ गीतमा श्वर दिए । नेपाली मात्रै होइन विभिन्न भाषाका गीतमा श्वर दिए । तर, उनी आफैलाई मनपर्ने गीत चाहिँ कुन कुन हो त ? हेरौँ उनले दिएको उनलाई मनपर्ने गीतको सुची (भिडियोसहित)
Powered by Blogger.