Header Ads

मिति: वि.सं.२०७२ साल बैशाख २ गते । बुधबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

Happy New Year 2072 to all Visitors 
आज मिति 2015-04-15 तारिख, २०७२ साल वैशाख कृष्णपक्ष एकादशी तिथि, बैशाख २ गते बुधवार अनुसार तपाईंको राशी यस प्रकार छ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
धेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा भने उठाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
व्यापारमा प्रशस्त फाइदा हुनेछ। मातापिता र प्रतिष्ठित व्यक्तित्वको सहयोग जुट्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। कर्मसिद्धिको समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका देलान्, सचेत रहनुहोस्। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सहयोगीहरूको साथ दिए पनि आजको काम अधुरै रहनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
व्यावसायिक काममा राम्रै फाइदाको योग छ। तर, कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा पनि लाभ मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। विशेष अवसरले पछ्याउने समय छ। पढाइलेखाइमा प्रगति हुनेछ। तर, केही अप्रिय समाचारले भने खिन्नता बढ्नेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर रहला। व्यापारमा पनि कम मात्र फाइदा होला। आफूलाई एक्लो महसुस हुनेछ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
मान्यजनसँग असमझदारी बढ्न सक्छ। तर, परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मातृधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। आफ्नै कमजोरीले काममा चुनौती आउने देखिन्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मनमा दुविधा बढ्नुका साथै समयमा निर्णय नलिँदा हातमा आएको प्रतिफल समेत गुम्ने देखिन्छ, सचेत रहनुहोला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
फाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम पाइने योग छ। आजलाई कामबाट फुर्सद पनि मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
काममा केही चुनौती आइलाग्लान्। दण्ड वा जरिवानामा परिने योग छ, धैर्यले काम लिनुहोला। केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ। काममा लगानी बढाउनुपर्ने समय छ। छर–छिमेकमा हुने असमझदारीले अप्ठ्यारो पर्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थान परिवर्तन हुनेछ। टाढाको यात्रा सम्भावना छ।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.