Header Ads

ज्ञानेन्द्र दिल्ली जाँदा विमानस्थलमा यस्तो नाराबाजी !

काठमाडौं, चैत २८ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार पत्नि कोमलका साथ भारत भ्रमणमा गएका छन् ।

उनी विमानस्थल पुग्दा त्यहाँ जम्मा भएका राजावादी कार्यकर्ताले ‘राजा आऊ देश बचाऊ’ भन्दै नाराबाजी गरेका थिए ।

समथर्कले राजतन्त्रको पक्षमा नाराबाजी गर्दा ज्ञानेन्द्रले मुसुमुसु हाँस्दै दुई हात जोडेर नमस्कार गरेका थिए । ज्ञानेन्द्रले एक साता दिल्लीमै बिताउने छन् ।

उपचारका लागि भनिए पनि त्यहाँ रहँदा उनले महत्वपूर्ण राजनीतिक भेटवार्ताहरु गर्ने बताइएको छ ।

ज्ञानेन्द्रको भ्रमण व्यवस्थापनका लागि पूर्वयुवराज्ञी हिमानी शाह यसअघि नै दिल्ली गइसकेकी छन् ।
Powered by Blogger.